कार्यालयको संक्षिप्त परिचय:
२०३९ सालमा साविक घरेलु तथा साना उद्योग विकास समिति, २०७६ साल श्रावण १ गते देखि २०७९ साल आश्विन मसान्त सम्म घरेलु तथा साना उद्योग कार्यालय र मिति २०७९ साल कार्तिक १ गते देखि पर्यटन तथा उद्योग कार्यालयको रुपमा निरन्तर अविछिन्न रुपमा गोरखा जिल्लामा साविकको घरेलु तथा साना उद्योग विकास समिति वा घरेलु तथा साना उद्योग कार्यालय रहेको हालको पर्यटन तथा उद्योग कार्यालय नामले जे जसरी परिभाषित वा परिमार्जित हुँदै आएपनि पर्यटन तथा उद्योग कार्यालय, गोरखाको मुख्य काम, कर्तव्य र अधिकार साविकमा उद्योग तथा वाणिज्य प्रशासनसँग सम्बन्धित सेवाग्राही मैत्री कामकाज गर्ने, ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी दर्ता अनुमती र नविकरण पर्यटकीय होटल रिसोर्ट लज ट्राभल गाइड र्याफ्टिङ्ग लगायत साहसिक पर्यटन आदिको प्रबर्द्धन दर्ता अनुमती र नियमन, पर्यटकीय पूर्वाधारहरुको निर्माण तथा विकास गर्ने विभिन्न किसिमका रोजगारमूलक तालिमहरु सञ्चालन गर्ने, बजार अनुगमन गरी कालोबजारी, क्रृत्रिम अभाव सिर्जना गर्ने, कार्टेलिङ्ग, सिण्डिकेट लागायतका अनियन्त्रित गतिविधिहरुको नियन्त्रण र नियमन गर्ने मुख्य काम, कर्तव्य र अधिकार रहेको थियो भने हालको परिमार्जित संरचना अनुसार साविकको कामकाजका अतिरिक्त पर्यटन व्यवसायसँग सम्बन्धित सम्पूर्ण सेवाहरु, पर्यटन प्रबर्द्धन र पर्यटन पूर्धार विकाससँग सम्बन्धित विकास निर्माणका कामकाज समेत गर्ने गरी कार्यालय सञ्चालनमा रहेको छ।
ताजा अपडेट
कर्मचारी विवरण